116
काठमाडौँ । आउँदो मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि उम्मेदवारी फिर्ता गर्ने म्याद बुधबार दिउँसो १ बजे सकिएको छ । निर्वाचन आयोगले दिएको समय सीमाभित्र प्रदेश र प्रतिनिधिसभातर्फ झण्डै ४ सय जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार दर्ता भएका उम्मेदवारमध्ये प्रतिनिधिसभातर्फ मात्रै ११९ जनाले फिर्ता लिएका छन् । पौडैलका अनुसार प्रदेशसभातर्फ पनि २५७ उम्मेदवारी फिर्ता भएको प्रारम्भिक विवरण देशभरबाट आएको छ ।
previous post