123
काठमाडौँ । गोरखा, धादिङ, लमजुङ, तनहुँ, पाल्पा, स्याङजा, नवलपरासी, कपिलवस्तु, दाङ, प्यूठान, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपासका केही ठाउँमा ठूलो वर्षा भएको छ ।
यी क्षेत्रमा अझै थप वर्षाको जोखिम रहेकाले बाढी पहिरोको सम्भावना रहेको भन्दै सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै, भेरी नदीमा जलसतह खतरा तह आसपास पुगेको छ । थप वर्षा हुने देखिएकाले भेरी नदीको रिम्नादेखि कर्णाली दोभानसम्म ६ घण्टा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।