बुटवल । विजया दशमी तथा दीपावलीको अवसर बुटवलमा नवरात्र डान्डीया नृत्य कार्यक्रम गरेको छ । कसौधन महिला समिति बुटवल रुपन्देहीले नवरात्रको अवसर पारेर बुटवलमा भगवती नवदुर्गा र महिषासुरबीचको नाटकीय डान्डीया नृत्य कार्यक्रम गरेको हो । कसौधन महिला समितिका सदस्य तथा रुपन्देहीमा रहेका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधीहरुको सहभागितामा डान्डीया नृत्य कार्यक्रम गरेको कसौधन महिला समितिका संस्थापक अध्यक्ष पुष्पा कसौधनले जानकारी दिनुभयो । विशेष गरेर भारतको गुजरातमा प्रशिद्ध र चर्चित बनेको डान्डीया नृत्यका विषयमा बुटवल आसपासका स्थानीयलाई जानकारी र लोपसंस्कृतीका बारेमा अवगत गराउन डान्डीया नृत्य आयोजना गरिएको उहाँले बताउनुभयो । कसौधन महिला समितिका अध्यक्ष निशा कशौधनको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले नेपाल बहुभाषी र बहुजातीय मुलुक भएकाले सबैले सबैको धर्मसंस्कृती र भेषभुषाको संरक्षण गर्नु पर्ने बताउनुभयो । उहाँले नवरात्रका बेलामा विशेष महत्व बोकेको डान्डीया नृत्यको आयोजना गरेर कसौधन महिला समितिले संस्कृति संरक्षणमा पुर्याएको योगदानका चर्चा गर्नुभयो । कार्यक्रममा कसौधन सेवा समितिका अध्यक्ष राधेश्याम कसौधन, महिला समितिका पुर्व अध्यक्ष सिता गुप्ता कसौधन, युवा समितिका संस्थापक अध्यक्ष धर्मेन्द्र कशौधन, युवा समितिका नव निर्वाचित अध्यक्ष अनिश कशौधन, महिला समितिका उपाध्यक्ष पुजा कसौधन, महासचिव आशा कसौधन लगायतले नवरात्रमा डान्डीया नृत्यको महत्वका बारेमा प्रकाश पार्दै दशैको शुभकामना आदान प्रदान गर्नु भएको थियो । सामुहिक, युगल र एकल नृत्य लगायतमा भएका प्रतिस्प्रधात्मक डान्डीया नृत्यमा उत्कृष्ट कलाकारहरुलाई पुरस्कृत गरिएको कार्यक्रमको संचालन संचारकर्मी सन्जु पौडेलले गर्नु भएको थियो ।
बुटवलमा डान्डीया नृत्य कार्यक्रम सम्पन्न
			223
			
		
		
			
            
				            
			
			        
    
                        previous post
                    
                    
                        
			        

												
														
