137
काठमाडौं । अहिले देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस र बागमती प्रदेशलगायत देशको अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।


गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा अहिले हल्का वर्षा भइरहेको छ । आज (शुक्रबार) दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति देशभर मौसम सामान्यतया सफा रहने छ ।
previous post