रोहिणीका विभिन्न सामूदायिक विद्यालयमा पुगे गाउँपालिका अध्यक्ष यादव

by समतल अनलाइन
Shares

भैरहवा ।रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले गाउँपालिकामा रहेका विभिन्न सामूदायिक विद्यालयमा पुगेर अनुगमन तथा निरीक्षण गरेका छन् । विद्यालयको वास्तविकता थाहा हुने र सुधार गर्न सजिलो हुने भएकाले विद्यालयमै पुगेर अनगुमन गरिएको अध्यक्ष यादवले बताए ।

शुक्रबार रोहिणी–२ स्थित पोखरभिण्डी माध्यमिक विद्यालय, त्रिवेणी आधारभूत विद्यालय र श्रीराम आधारभूत विद्यालयमा अनुगमन गरिएको उनले जानकारी दिए । उनले भने, ‘शिक्षा क्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।’ आगामी दिनमा अन्य विद्यालयमा पनि निरीक्षण तथा अनुगमन गरिने उनले बताए ।

गाउँपालिकाका अध्यक्ष यादवसहित प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतम, रोहिणी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खाँ, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम नेवास प्रसाद चौधरीसहितको टोलीले विद्यालयहरुको निरीक्षण गरेको हो । अध्यक्षसहित टोलीले कक्षाकोठामै पुगेर शिक्षकहरुले अध्यापन गराएको निरीक्षण समेत गरेको छ ।

You may also like