बुटवलमा दशैं सस्तो बजार सञ्चालनको तयारी

by समतल अनलाइन
152Shares

बुटवल । बुटवलमा दशैं सस्तो बजार सञ्चालन हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले दशैंको घटस्थापना देखि ५ दिनसम्म दशैं सस्तो बजार सञ्चालनको तयारी गरेको हो । यहि असोजको १० गते घटस्थापनादेखि १४ गते पञ्चमीसम्म सञ्चालन गरिने दशैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरुको सुपथ मुल्यमा विक्रि वितरण गरिने संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताउनु भयो ।

बुटवल उद्योग वाणिज्य संघको सचिवालय परिसर बालमन्दिरमा प्राङ्गढमा हुने दशैं सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरुका स्टल सहित नयाँ नोट सटहीको व्यवस्था मिलाईने दशैं सस्तो बजारका संयोजक बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यसमिति सदस्य कुलप्रसाद श्रेष्ठ (कृष्ण)ले जानकारी गराउनु भयो ।

दुग्धजन्य उत्पादन, नुन, चिनी, माछा, मासु, अण्डा लगायतका दैनिक उपभोग्य बस्तुहरु दशैं सस्तो बजारमा राखिने छ । त्यसको लागि नेपाल राष्ट्र बैंक, डिडिसि (दुग्ध विकास संस्थान), साल्ट ट्रेडिङ लगायत अन्य निजी कम्पनीहरुसंग कुरा भईरहेको संघका महासचिव बिमलराज भट्टराईले जानकारी गराउनु भयो । उहाँका अनुसार दशैं सस्तो बजारमा बाहिर बजारमा भन्दा सुपथ मुल्यमा विक्रि वितरणको प्रवन्ध मिलाईने छ ।

 

Comments

You may also like