काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (बुधबार) हरियाली छाएको छ । नेप्से परिसूचक ४७.४६ को विन्दुले बढ्दै १९८१.५० पुगेर बजार बन्द भएको छ । आज कारोबार रकम पनि बढेको छ । दिनभर एक अर्ब ४५ करोडभन्दा बढीको कारोबार भएको छ ।
नेप्सेका १३ वटै उपसूचक आज हरियो भएका छन् । यसअनुसार १८४ कम्पनीको शेयर बढेको छ भने ५ वटाको घटेको छ । सबै समूहको शेयर बढेकोमा फाइनान्स, विकास बैंक, माइक्रो फाइनान्स र उत्पादन समूहको सेयर उच्च अंकले उकालो लागेको छ ।

आज दुई सय २७ वटा कम्पनीका ४६ लाख १८ हजार कित्ता शेयर एक अर्ब ४५ करोड ३८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नविल बैंकको करोड ५१ लाख रुपैयाँको शेयर किनबेच भयो ।
यस्तै, ग्रिन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशत तथा लिवर्टी इनर्जी कम्पनीको शेयर मूल्य झण्डै साढे आठ प्रतिशतले बढेको छ । एनआईसी एसिया क्याप फण्डको शेयर भने १० प्रतिशतले घटेको छ ।