129
काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आरधना गरी आज (शुक्रबार) इन्द्रजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ ।
इन्द्रजात्राका लागि आज सरकारले काठमांडौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
previous post