198
			
		
		
			
            
				            
			
			        
    बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि गृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणको नाम सिफारिस गरेको छ ।
कांग्रेस क्षेत्रीय नम्बर ३, क्षेत्रीय समितिको आइतबार भैरहवामा बसेको नवौं नियमित बैठकले गृहमन्त्री खाँणको नाम सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशिल गुरुङले बताए ।
खाँणको नाम यसअघि क्षेत्र नम्बर २ बाट पनि सिफारिस भइसकेको छ । अघिल्लोपटक समानुपातिकमा बसेका खाँण अहिले प्रत्यक्ष लड्ने तयारीमा छन् ।
			        

												
														

