नेविसंघ बुटवल बहुमुखी क्याम्पसद्वारा काङ्ग्रेस नेता गिरिको १३ अाैँ दिनकाे पुण्यतिथिमा दिप प्रज्वलन

by समतल अनलाइन
Shares

बुटवल ।नेपाली काङ्ग्रेसका वैचारिक एवं समाजवादी नेता, राजनैतिक चिन्तक स्व. प्रदिप गिरिको १३ औं दिनको पुन्यतिथिको अवसरमा नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस इकाई समितिद्वारा आयोजित दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
बुटवल बहुमुखी क्याम्पसका इकाई सचीव प्रदीप घर्ती मगरकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे हाे।

उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल विद्यार्थी संघ पुर्ब केन्द्रीय उपाध्यक्ष एवं नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष आदरणीय दाजु प्रकाश राना ,बिशिस्ट अतिथि नेपाल विद्यार्थी संघ निवर्तमान केन्द्रीय उपाध्यक्ष एवं नेपाली काङ्ग्रेस युवा नेता आदरणीय दाजु मुक्ति राज पौडेल रहेका थिए।

कार्यक्रमकाे प्रमुख अतिथि समेत रहेका नेविसंघ पुर्व केन्द्रीय उपाध्यक्ष एवं नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष दाजु प्रकाश रानाले नेपाली राजनीतिमा समाजवादी र राजनीतिक चिन्तनका प्रेरक प्रदिप गिरिकाे निधनले सिङ्गो देशलाई नै क्षति पुगेकाे बताए ।
उनले भने अब प्रदीप दाइ हामीसँग हुनुहुन्न । राजनीतिकर्मीहरूले उहाँको सादकी जीवन ,नि स्वार्थ जीवन र समाजवाद सिद्धान्त उहाँ बाट सिक्नुपर्ने व्यक्त गर्दै उहाँको याेगदान बारे चर्चा गर्नुभयाे ।

उक्त दिप प्रज्वलन कार्यक्रममा प्रमुख अतिथि प्रकाश राना, बिशिस्ट अतिथि मुक्ति राज पौडेल , अतिथि हरु प्रेम पौडेल ,सागर पौडेल र प्रतिमा छेत्रीले शाेक मन्तव्य राखेका थिए।

अतिथिहरू नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस पुर्ब इकाई सभापति एवं बुटवल बहुमुखी क्याम्पस कार्यसमिति सदस्य सर प्रेम पौडेल ,बुटवल नगर सदस्य सिजन थापा , बुटवल क्याम्पस पुर्ब इकाई कोषाध्यक्ष दाजु योग श्रेष्ठ ,राजेश पौडेल ,राजन केसी ,सागर पौडेल ,प्रतिमा छेत्री रहेका थिए।

कार्यक्रमकाे सभापति समेत रहेका ईकाई सचिव प्रदिप घर्ती मगरले स्व . गिरिकाे स्मरण गर्दै उपस्थित सम्पुर्ण अग्रज ब्यक्तित्व हरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

नेविसंघ बुटवल बहुमुखी क्याम्पस इकाई सचीव प्रदीप घर्ती मगर काे सभापतित्वमा सम्पन्न भयकाे कार्यक्रमकाे सञ्चालन नेविसंघ बुटवल बहुमुखी क्याम्पसका विधार्थी नेता सुरज पन्थिले गरेका थिए ।

You may also like

This will close in 0 seconds