223
बुटवल । बुटवल सुख्खानगरस्थित दिप बोर्डिङका शिक्षकले कक्षाकोठामै विद्यार्थी कुटपिट गरेको भन्दै विद्यार्थी र अभिभावकले शिक्षकमाथि कारबाहीको माग गरेका छन् ।
दीप बोर्डिङ हाई स्कुलका कम्प्युटर शिक्षक एकराज गुरागाईले कक्षा १० का विद्यार्थी जेनित रायमाझीलाई हाँसेको भन्दै गालामा थप्पड हानेका हुन् ।
गुरागाईंले थप्पड हान्दा तिलोत्तमा-५ का रायमाझीको कान र बंगारामा समेत असर गरेको जेनितका अभिभावकले बताए । ‘चोटका कारण डाक्टरले १५ दिनसम्म आराम गर्न भन्नुभएको छ’ जेनितकी आमा चन्दा रायमाझीले भनिन्, ‘कक्षा कोठामै विद्यार्थी कुट्ने शिक्षकमाथि कारबाही हुनुपर्छ ।’
previous post