110
काठमाडौं । पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले केन्याविरुद्ध विजयी भएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाउँदै १३० रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले चार बल अगावै जित सुनिश्चित गर्यो । अन्तिम ओभरमा आरिफ शेखले लगातार दुई चौका प्रहार गरेपछि जित सुनिश्चित बनेको थियो ।