प्रधानमन्त्री ओलीलाई ‘बा’ भन्ने बले सहित २५ जुवाडे पक्राउ

by समतल अनलाइन
Shares

जुवा खालबाट २ करोड ७० लाख बरामद

काठमाडौं। प्रहरीले काठमाडौंको महाराजगन्जस्थित साम्बाला होटेल पछाडिको जुवाखालमा छापा हानेको छ। शनिवार काठमाडौँ महानगरपालिका वडा नं ३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति छापा हानी रु दुई करोड ६७ लाख नगद र ३ लाखको चेक सहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ।

प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक उत्तमसुवेदीका अनुसार जुवा खालबाट २५ जना पक्राउ परेका छ्न्। उनले भने, ‘ जुवाडेहरुबाट नगद २ करोड ६७ लाख २५ हजार र ३ लाखको चेक बरामद भएको छ।’

 

पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिएका छन्। उनीहरुको साथबाट बैङक अफ काठमाडौंको ३ लाखको चेक समेत बरामद भएको छ।

तिहारको बेलामा प्रहरीको छापामा नियन्त्रणमा परेको यो ठूलो खाल भएको लम्सालले बताए। शनिवार राती १२ वजे छापा हानिएको र आइतवार विहान करिव ३ वजेसम्म मुचुल्का उठाउनेदेखि पक्राउको सबै कार्वाही सकिएको लम्सालले बताए।

 

क्यासिनो किङ तथा बले भनिने बलराम सापकोटा पनि जुवा खेलाउने खालबाट पक्राउ परेका छन् I तिहारको बेला क्यासिनो जान नपाउने नेपाली जुवाडेहरूका लागि सापकोटा सहितको संलग्नतामा नै जुवा खेलाएको हुन सक्ने प्रहरीले बताएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बा’ भन्ने तथा प्रधानन्यायाधिश चोलेन्द्र शम्शेरसँग निकट रहेको सापकोटाले सोही आडमा धेरै अवैध धन्दा चलाइरहेको प्रहरी स्रोत बताउँछ।

जुवाखालबाट पक्राउ परेकाहरुको तिहार प्रहरी हिरासतमै बित्ने पक्का भएको छ।

You may also like

This will close in 0 seconds