तिलोत्तमा।भूमिहीन सुम्बासि ,दलित सुकुम्बासि र अब्यबस्थित बसोबासिहरुलाइ जग्गाको पुर्जा वितरण को लागि आज देखि तिलोत्तमा वडा नं १४ बाट नापजाच शुभारम्भ गरिएको छ।
तिलोत्तमा वडा नं १४ बाट जग्गा नापजाचको काम सुरु गरिएको छ ।
अब्यावस्थित रुपमा लामो समय देखि भोग चलन गर्दै आएका नागरिकहरुको लागि लाल पुर्जा वितरण गर्न नगर प्रतिबद्ध रहेको नगर प्रमुख खाणले बताए।
खाणले भने पाच बर्षको कार्यकालमा तिलोत्तमा भरिका अब्यबस्थित बसोबासिहरुलाइ जग्गाको पुर्जा वितरण गरिने छ।
नगरवासपलाई सम्पतिको मालिक बनाउने प्रतिब्द्ध व्यक्त गरे।
सार्वजनिक जग्गाको संरक्षण र भूमिहिन तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न स्थानीय सरकारले पहिलो प्राथमिकता रहेको नगर प्रमुख खाणले बताए।
राष्ट्रिय भुमि आयोगका जिल्ला अध्यक्ष हरि बहादुर आचार्यले पुर्जा वितरण प्रक्रियाको लागि स्थानिय तहले छिटो व्यावस्थापन गरि कामलाई पहल गरेमा काम अगाडी बढ्ने र पुर्जा बितरण गर्न सहज हुने बताए।
सरकारले सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित बासोबासी सम्बन्धी समस्या सदाका लागि समाधान गरेर लाल पुर्जा दिएमा बर्षौ देखियो नागरिकको समस्या अन्त्य हुने नगरपालिका सदस्य रवि सेन्चुरी बताए।
तिलोत्तमा नगरपालिका भित्र बसोबास गर्ने
‘जनतालाई सम्पत्तिको स्वामित्व दिलाउने कामलाई नगरले प्राथमिकताका साथ अगाडी बढाएको मा वडा नं १४ ले कुनै कसुर नराखि आयोगलाई सहयोग गर्ने वडा अध्यक्ष आस्विन पौडेलले बताए।
सार्वजनिक जग्गाको संरक्षण गर्नु, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बासोबासीलाई जग्गाको स्वामित्व दिलाउन हाम्रो जिम्मावारी हो तसर्थ वडा १४ बाट पुर्जा दिन सुरु गरिने अध्यक्ष अश्विन पौडेलले जानकारी दिए
तिलोत्तमा वडा नं १४ मा जग्गाको पुर्जा नापजाच शुभारम्भ पाच बर्षमा सबैको हातमा पुर्जा वितरण गिरिने : नगर प्रमुख खाँण
			190
			
		
		
			
            
				            
			
			        
    
                        previous post
                    
                    
                        
			        

												
														
