नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको संकेत

by समतल अनलाइन
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने बताएकी छन् ।
सांसदबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा सोमबार उनले यसो भनेकी हुन् ।

विवाह गरेर नेपाल भित्रिने विदेशीलाई निश्चित समयावधिको प्रतीक्षा बिना नै तत्काल राजनीतिक अधिकारसहितको अंगीकृत नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न हुन्न भन्दै शीतल निवासमा दिनहुँ जस्तो नागरिक समाजका तर्फबाट टोलीहरु पुगिरहेका छन् ।

सोमबार राष्ट्रपति कार्यालय पुगेका नागरिक समाजको टोलीसँग कुरा गर्दै राष्ट्रपतिले भनिन्, ‘राष्ट्रको हित सबैको प्राथमिकताको विषय हुनुपर्छ ।’ नेपाल समाचारपत्र दैनिकबाट

You may also like

This will close in 0 seconds