काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचन र सत्ता सबथोक नभएको बताएका छन् । पार्टीको केन्द्रीय समितिको पहिलो पूर्ण बैठकलाई सम्बोधन गर्दै भट्टराईले सत्ता, सडक र सदनबाट संघर्ष गरेर मात्रै बाँकी कार्यभार पूरा हुने बताएका छन् ।
उनले भने, ‘निर्वाचनको मुखमा नयाँ पार्टी गठन गरेका छौं । निर्वाचन र सत्ता सबथोक होइन । सत्ता, सडक र सदनबाट संघर्ष गरेर मात्रै बाँकी कार्यभार पूरा गर्न सक्छौं । कांग्रेस र कम्युनिष्टको विकल्पमा समाजवादी विचारको कल्पना गरेका थियौं । बैकल्पिक राजनीतिमा लागेका हामी निर्वाचनलाई संघर्षको साधन मान्छौं । नेपालमा कांग्रेस र कम्युनिष्टको विकल्पमा वैकल्पिक शक्तिको खोजीमा थियौं । तर, जनता समाजवादी पार्टी क्षेत्रीय दलको रुपमा परिणत भयो । त्यसपछि हामीले रुपान्तरणको सम्भावना खोज्यौं ।’