107
दाङ । प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, १४ जना घाइते भएका छन् प्यूठानको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा शनिबार मध्यान्ह जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका(३ कि ३२ वर्षकी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानमा डीएसपी सत्यनारायण थापाले जानकारी दिए ।
स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटना घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ ।