85
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा रहेको छ । युरो एकको खरिद दर १२९ रुपैयाँ २४ पैसा र बिक्री दर १२९ रुपैयाँ ८५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ८५ पैसा र बिक्री दर १५४ रुपैयाँ ५८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ३७ पैसा र बिक्री दर ३४ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।