134
काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले कुनै पनि सैन्य गठबन्धनमा नेपाल सहभागी हुन नहुने बताएका छन् । आज (शुक्रबार) को प्रतिनिधि सभामा बोल्दै सांसद थापाले कुनै पनि सैन्य गठबन्धनमा आज मात्रै होइन कहिल्यै पनि सहभागी हुन नहुने बताएका हुन् ।
उनले भने, ‘कुनैपनि सैन्य गठबन्धनमा आज मात्रै सहभागी हुने होइन । भविष्यमा पनि कहिल्यै सहभागी हुँदैनौं । कुनै पनि स्वरुपको सैन्य गठबन्धनमा सहभागी हुँदैनौं । चाहे भारतले गरेको होस् चाहे अमेरिकाले गरेको होस् । चाहे चीनले वा अरु कसैले गरेको होस् । मैले बुझेको नेपालको राष्ट्र हित यसैमा नीहित ।