लरीभित्र भेटिएका सबै ३९ शव चिनियाँ नागरिकको

by समतल अनलाइन
218Shares

लन्डन। लन्डनबाट पूर्वमा रहेको एसेक्सको वाटरग्लेड भन्ने ठाँउमा लरीभित्र भेटिएका ३९ शव चिनियाँ नागरिकको भएको पत्ता लागेको छ। ३१ पुरुष र ८ महिलाको शव बेल्जियमबाट आएको रेफ्रिजेरटेड लरीमा भेटिएको थियो। सुरुमा उक्त लरी रोमनियाबाट आएको अनुमान गरिएता पनि पछि बेल्जियमबाट आएको पत्ता लागेको हो।

युरोपबाट बेलायत छिर्न अनेक उपाय अपनाउने क्रममा यस्ता घटनाहरु दोहोरिरहेका छन्। बुधबारमात्रै पनि डोभरबाट बेलायत छिर्न प्रयास गर्ने ९ जना एक लरीभित्र जीवित भेटिएका थिए।

१९ वर्षअघि पनि यस्तै घटनामा ५८ जना चिनियाँ नागरिकको ज्यान गुमेको थियो। उनीहरु पनि डोभर पोर्ट हुँदै लरीमा लुकेर बेलायत छिर्ने प्रयासमा थिए। ५६ पुरुष र ४ महिला रहेको उक्त लरी पनि बेल्जियमको जीब्रुगबाट नै आएको थियो। अहिलेको लरी पनि सोही स्थानबाट आएको हो। त्योबेला भने २ पुरुष बाँच्न सफल भएका थिए।

लरी चालकलाई प्रहरीले थुनामा राखेर थप छानबिन गरिरहेको छ।

Comments

You may also like