दाउन्नेमा बस दुर्घटना, २१ जना घाइते

by समतल अनलाइन
340Shares

नवलपरासी । नवलपरासी पूर्व  नवलपुर  को विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा बस दुर्घटना भएको छ ।आज बिहान साढे ५ बजेको समयमा पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ़ आउँदै गरेको ना ५ ख ५१०० नम्बरको बस अनियन्त्रित भई पल्टिँदा कम्तिमा २१ जना घाइते भएका छन् ।

गाडी पल्टिँदा भएको घर्षणपछि गाडीमा आगो लागेको अनुमान प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बसमा ३५ जना सवार भएको भनिए पनि यकीन तथ्यांक आई सकेको छैन ।घाइतेलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा पठाईएको प्रहरी नायब उपरिक्षक सन्तोष पाठकले जानकारी दिए।r

You may also like