“प्रकाश”जुम्लाको बास्तबिक कथा हो, यसले नेपालको कथा बोल्छ: अभिनेता प्रदिप खड्का

Shares

बुटवल । महिलाहरुको महानपर्व तीजलाई मध्यनजर गर्दै नेपाली फिल्मी पर्दामा भाद्र १० गते रिलिज हुन लागेको फिल्म प्रकाश ले देश दौडाहा शुरु गरेको छ। चलचित्रका अभिनेता प्रदिप खड्का, अभिनेत्री दिया मास्के, रेणु योगी का साथमा प्रोडक्सन कन्ट्रोलर मनोज जोशी, कमेडियन आर्टिस्ट आयुष श्रेष्ठ, आशिष घिमिरे, पुजन अधिकारी, एलन जंग थापा, आदर्श मिश्रा लगायतको उपस्थितिमा फिल्म युनिट देश दौडाहामा लागिपरेको छन।

चकलेटी नायक कहलिएका अभिनेता प्रदिप खड्का अब हिरो मात्र बनेर हुन्न समग्र नेपाली जनताको समाजको हिरो बन्नु पर्ने भन्दै फिल्म प्रकाशमा त्यस्तो हिरोको अभिनय देखिने बताउछन। त्यसो त जुम्लाको बिकट स्थानमा छायांकन गरिएको सो फिल्ममा अभिनय गर्न त्यति सहज नभएकोले सबै फिल्म टिमको सहयोगले सो काम सोचेजस्तो र पुरा भएको प्रदिपले बताए। प्रकाश जुम्लाको बास्तबिक कथा भएकाले समग्र नेपालको एक बेरोजगार युवा, द्वन्दमा चपेटिएको युवा, र राजनीति बिना असम्भव समाजमा युवाको संघर्षलाई कथामा उतारिएको प्रदिपको भनाई छ।

तीजको छेको पारेर सबै नेपालीको लागी टिप्पिकल नेपाली फिल्मको स्वाद चखाउन आफुहरु दर्शक सामु आएको उनको भनाई छ। फिल्ममा प्रदिपकी आमाको अभिनयमा जमेकी अभिनेत्री दिया मास्केले आफु समाजकी सहनशील शुसिल र इमान्दार महिलाको अभिनय गरेको उल्लेख गरेकी छिन। अभिनयले कहिले रुवाउछ कहिले हसाउछ , समग्र रुपमा फुल मनोरन्जनात्मक सामजिक संदेश दिने फिल्म प्रकाश हेर्न सबैलाई उनले आग्रह समेत गरिन।

फिल्ममा प्रदीपले अभिनयको हिसाबमा ‘प्रकाश’ र ‘प्रेमगीत ३’मा काम गर्दा आफूले दिने चिजमा कुनै फरक नपरेको बताए । दुवै फिल्ममा आफूले शतप्रतिशत दिएको उनको भनाई छ । ट्रेलर रिलिज कार्यक्रममा प्रदीपको अभिनेत्री रेनु योगीसँग राम्रो बोन्डिङ देखिएको थियो । फिल्ममा रेनुले आफूलाई ‘सर’ भन्ने गरेकाले आफूहरुको सम्बन्ध शिक्षक र विद्यार्थीको जस्तो रहेको भन्दै उनले ठट्टा गरे ।

बिनिश इण्टर्टेन्मेण्ट प्रालीको प्रस्तुति रहेको फिल्मको निर्देशन प्रसाद, क्लासिक, नोभेम्बर रेन जस्ता सफल चलचित्र निर्देशन गरिसकेका निर्देशक दिनेश राउतले गरेका हुन्।

You may also like

This will close in 0 seconds