165
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका छन् ।
आज (सोमबार) बिहान प्रचण्डको निवास खुमलटारमा भएको भेटमा सरकारले संसदमा पेस गरेको नागरिकता विधेयकबारे छलफल भएको बताइएको छ । छलफल सकारात्मक भएको गृहमन्त्री खाँणले जानकारी दिए ।