109
काठमाडौं । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन ।
आलेले शुक्रबार आफूले ४८ घण्टाभित्रै राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले जानकारी दिएको छ । राजीनामा पत्र अध्यक्षलाई बुझाइसकेको र अध्यक्षले प्रधानमन्त्रीसँग सल्लाह गरेर अगाडि बढाउने स्रोतले बताएको छ । मन्त्री आलेले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी समेत गरेका छन् ।
previous post