98
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकामा गएको पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।
करिब ११ बजेतिर उक्त सडकमा माथिबाट पहिरो गएपछि आवतजावत पूणर् बन्द भएको प्रहरीले जनाएको छ । अहिले पहिरो हटाउने काम भइरहेको छ ।

मुग्लिनबाट काठमाडौंतर्फ तीन किलोमिटर अगाडि नाग्दी खोला नजिक झरेको पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीले जानकारी दिए । पहिरोका कारण मुग्लिनतर्फ आउने र काठमाडौंतर्फ जाने सवारी साधन सडकमै जाममा परेका छन् ।