75
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । आज बिहान बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।
निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल/मट्टीमा २९ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको छ । अब पेट्रोलको मूल्य १७९ र डिजेल र मट्टीतेलको मूल्यमा १६३ रुपैयाँ भएको छ । सरकारले लिँदै आएको कर कटौती गरेर मूल्य घटाएको हो ।

यसअघि पेट्रोलको मूल्य १९९ र डिजेलको मूल्य १९२ थियो । सरकारले घटाएको मूल्य आजराति १२ बजेदेखि लागु हुनेछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो ।