95
बुटवल । बुटवलको तिनाउ नदीमा बाढीले बगाएको ल्याएको शव फेला परेको छ । तिनाउ नदीको प्रगतिनगर छेउमा नदीको बीचको भङ्गालोमा एकजनाको शव देखिएको प्रहरीले जनाएको छ ।
राती आएको बाढीले बगाएर लएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनास्थलमा प्रहरी पुगेपनि तिनाउको बहावका कारण शव निकाल्न नसकिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।
