110
काठमाडौँ । पाँचदेखि ११ वर्षका बालबालिकालाई लगाउनका लागि २२ लाख डोज कोभिड-१९ विरुद्धको खोप नेपाल आइपुगेको छ ।
कोभ्याक्स सुविधामार्फत अमेरिकी सरकारको सहयोगमा पहिलो चरणमा सो मात्रामा फाइजर खोप नेपाल ल्याइएको हो । खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गरी टेकु कोल्डचेनमा राखिने स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए ।