118
बुटवल।रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनका गहनासहित एक जना यात्रु पक्राउ परेका छन्। जजिरा एयरलाइन्सको जहाजमा कतारबाट कुवेत हुँदै भैरहवा आइपुगेका पाल्पाको रिब्दीकोटका राजेन्द्र कुँवरलाई एक सय २२ ग्राम सुनका गहनासहित प्रहरीले पक्राउ गरेको हो।
अराइभल भन्सार एरियामा जाँच गर्ने क्रममा कुँवरले लगाएको मोजामा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गहना बरामद भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त भन्सार अधिकृत तीर्थराज पासवानले जानकारी दिए। बिहान करिब ६ बजे विमानस्थलमा आएको जहाजमा सवार कुँवरको साथबाट तीनवटा सिक्री र एउटा ब्रास्लेट बरामद गरिएको हो।
previous post