डाइनामिकमा निःशुल्क बारिष्टा तालिमको समापन

by समतल अनलाइन
Shares

बुटवल । बुटवलको डाइनामिक टेक्निकल एजुकेसन एण्ड भोकेसनल टे«निङ (डीटीईभीटी) प्रालिमा निःशुल्क वारिष्टा तालिम लिएका प्रशिक्षार्थीहरुलाई होटेल तथा रेष्टुरेन्टहरुमा ओजेटी तालिमका लागि पठाइएको छ ।

व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान बुटवलको आर्थिक सहयोगमा प्रतिष्ठानको सहयोगमा डाइनामिक टेक्निकल एजुकेसनमा गत बैसाख ११ गतेदेखि तालिम शुरु भएको थियो । ३९० घण्टाको कार्यगत तालिममा २० जना सहभागी रहेका थिए । कार्यगत तालिमको मंगलबार समापन गर्दै व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान बुटवलकी कार्यकारी निर्देशक उर्मिला गुभाजुले लक्षित वर्गका लागि निशुल्क तालिम प्रदान गरिएको भन्दै तालिममा सिककेका सीपलाई व्यवहारमा उतार्न आग्रह गरिन् ।

तालिमले युवा युवतीहरुलाई स्वरोजगार बनाउन र वैदेशिक रोजगारमा जान पनि सहयोग पुग्ने गुभाजुले बताइन् ।
डाइनामिक टेक्निकल एजुकेसन एण्ड भोकेसनल टे«निङका कार्यकारी निर्देशक अरुण मैनालीले ६० जना मध्येबाट प्रतिष्ठानले तोकेका मापदण्ड पुरा गरेका २० जना मात्र छनोट भएर तालिम लिएकाले तालिमलाई व्यवहारमा सदुपयोग गर्न सुझाव दिए ।

कार्यगत तालिम पूरा गरेका प्रशिक्षार्थीहरु अब बुटवलका विभिन्न होटेल,रेष्टुरेन्ट तथा क्याफेहरुमा दैनिक ६ घण्टाका दरले १८ दिन ओजेटी तालिममा पठाइने र त्यहां उत्कृष्ट पर्फमेन्स देखाउन सुझाव दिए ।

कार्यक्रममा डीटीईभीटीका प्रशिक्षकहरु प्रदीप खड्का, सरोज राना र मोनिटरिङ अफिसर मिलन तरामुले सरकारले निःशुल्क प्रदान गरेको तालीमले प्रशिक्षार्थीहरुलाई आत्मनिर्भर बनाउने बताए ।

You may also like

This will close in 0 seconds