बुटवल।बुटवल उपमहानगरपालिकाका एकल महिलाहरुलाई आफ्नो हकअधिकार र नेतृत्व विकास गराउने लक्ष्यसहित बुटवलमा ३ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। मानव अधिकारको लागि महिला एकल महिला समुह रुपन्देहीको आयोजना र कुर्भे विस्ट्रोको सहयोगमा बुटवल उपमहानगरपालिका भित्रका १९ वटै वडाका प्रतिनिधिमुलक हुने गरि २७ जना एकल महिलाहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको समुहका सचिव रिता सेनले बताईन। कुर्भे विस्ट्रो भन्ने जर्मनी संस्थाले परियोजनामार्फत यस क्षेत्रमा एकल महिलाको दक्षता वृद्धि, विपन्न एकल महिलाका अधिकार र कर्तब्य, द्वन्द प्रभावित ब्यक्तिका लागि समेत सीप र रोजगार दिएर आयआर्जन विकासका लागि सहयोग हुने गरि काम गरिरहेको उनले बताए।
तालिममा सचिव रिता सेन, समुहकि प्रदेश अध्यक्ष जानकी घिमिरे र शिक्षा अधिकारीले सिमान्तकृत, एकल महिला, आयआर्जनका क्षेत्र, नेतृत्व विकास, कार्यक्रम तयारी र कार्यपत्रको विषय लगायतमा ३ दिनेसम्म सहजिकरण गरेका थिए।
कार्यक्रममा सिमान्तकृत वर्ग, विपन्न एकल महिलाका अधिकार र कर्तब्य, द्वन्द प्रभावित ब्यक्तिलाई समेटेर सीप र रोजगार दिने बारे समेत छलफलहरु भएको उनले बताईन। कार्यक्रममा राधिका श्रेष्ठले आर्थिक रुपमा सबल बनाउने गरि कार्यक्रमहरु ल्याउनुपर्ने बताईन।
१९ वडाका एकल महिलालाई ३ दिने तालिम सम्पन्न
			209
			
		
		
			
            
				            
			
			        
    
                        previous post
                    
                    
                        
			        

												
														
