अस्वास्थ्यकर खानेकुरा निरुत्साहन सम्बन्धी सरोकारावालाहरुको पैरवी गोष्ठी बुटवलमा सम्पन्न

by समतल अनलाइन
Shares

बुटवल।स्वास्थ्यलाई हानी पुर्याउने अस्वास्थ्यकर खानेकुरालाई निरुत्साहन सम्बन्धी सरोकारावालाहरुको पैरवी गोष्ठी शुक्रबार बुटवलमा सम्पन्न भएको छ ।

लुम्विनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना र युस.एस.ए आई, डि र सुआहाराको संहयोगमा आयोजित कार्यक्रममा प्रमुख अतिथि लुम्विनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले लुम्विनी प्रदेशमा कुपोषण, बाल मूत्युदरर पुड्केपनाको दर कम गर्न यस वर्ष देखि प्रदेश योजना आयोगले भकारी कार्यक्रम संचालन गर्ने योजना बनाउने बताउनु भयो । त्यस्तै उपाध्यक्ष क्षेत्रीले अस्वारथ्यकर खानेकुराहरुलाई निरुत्साहन गर्नका लागि विद्यालय स्तर र घरपरिवार बाट पनि सचेतनामूलक सन्देश प्रवाह गर्न सके पनि अस्वस्थ्कर खानेकुराको प्रयोग घट्ने बताउदै लुम्बिनी प्रदेशलाई खाद्यान्न , दुध , अण्डा र कुखुराको मासुमा आत्मनिर्भर हुने प्रदेशको रुपमा चिनिन्छ तर त्यसका लागि बजार व्यवस्थापनमा समस्या भएको बताउनु भयो ।

बिशेष गरेर लुम्विनी प्रदेशमा कुपोषणको अवस्था कम गर्न धेरै बजेट छुटिए पनि अन्य प्रदेशको तुलनामा लुम्विनी प्रदेशमा कुपोषणको अवस्था कमजोर भएको हुदाँ आगामी दिनमा कुपोषण , हानीकारक खाद्यान्नको प्रयोग कम गर्नका लागि संम्बन्धित सरोकारवाला निकाय र अन्य संघसंस्थाहरुसंग संहकार्य गरी अगाडि बढने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालय लुम्विनी प्रदेशका प्रमुख डा विनोद गिरीले समुदायमा कतिपय नागरिक सचेत भएर या कतिपय अचेतनाको कारण अस्वस्थ्थकर खानेकुरा खाने नागरिकहरुको प्रतिशत लुम्विनी प्रदेशमा बढी देखिएको बताउदै यस्ता अस्वस्थ्कर खानेकुरालाई निरुत्साहन गर्नका लागि विभिन्न सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । साथै हरेक नागरिकहरु अस्वस्थ्थकर खानेकुरा प्रति बढी संवेदनशील हुन आवश्यक रहेकोमा जोड दिदै बजारमा पाइने अस्वस्थकर खानेकुराको प्रयोग घटाउन सम्पूर्ण सरोकारवाला निकाय र व्यक्ति आफै बाट सुरुवात गर्न अनुरोध समेत गर्नु भयो । त्यस्तै लुम्विनी प्रदेशका वरिष्ठ जनस्वास्थ्य निर्देशक रोशनलाल चौधरीले लुम्विनी प्रदेशमा पोषणको अवस्था , सुतीजन्य पदार्थको प्रयोगको अवस्था , अस्वस्थ्कर खानेकुराहरु खानेको अवस्था कस्तो छ र आगामी दिनमा के कस्ता योजनाहरु बनाउन आवश्यक छ भन्ने विषयमा प्रकाश पार्नु भएको थियो भने
सरोकारावालाहरुको पैरवी गोष्ठीमा युनिसेफका विज्ञ प्रशिक्षक मिना थापा र सुआहाराका विज्ञ प्रशिक्षक सविना ओराले विभिन्न प्रदेशमा अस्वस्थकर खानेकुराहरुको प्रयोगको अवस्था, यस्ता अस्वस्थ्कर खानपानले मानवीय स्वास्थ्यलाई पार्ने नकारात्मक असर , कालान्तरमा लाग्ने रोगहरु , स्तनपान गराउदाका फाइदा , आमाको दुध प्रतिस्थापनको अवस्था कस्तो छ ,जस्ता विषयवस्तुमा प्रशिक्षण दिनु भएको थियो ।

गोष्ठीमा कानुन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रमुख शारदा बस्याल, पत्रकार महासंघ लुम्विनी प्रदेशका महासचिव बिक्रम खड्का लगायत अन्य सरोकारवाला निकायहरुले नागरिकहरु बढी व्यस्ताका कारणले आफनो स्वास्थ्यको खेलवाड आफै गरेको बताउदै यस विषयमा सोयम आफू नै बढी संवेदनशील हुन आवश्यक रहेको बताउनु भयो त्यस्तै सरकारले नीति तथा कार्यक्रम बनाउदै गर्दा अहिले सम्म पोषण, बालविवाह न्युनीकरण महिला उद्यमशीलता, र महिला सशक्तिकरण जस्ता योजनाहरु भन्दा पनि विभिन्न विकास निमार्णका योजनाहरुले बढी प्राथमिकता पाएको बताउनु भयो ।

You may also like

This will close in 0 seconds