92
काठमाडौं । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका थप १२ जनाको शव पनि आज (मंगलबार) काठमाडौं ल्याइएको छ । योसँगै तारा एयरको ‘टुवीन् अटर नाइन एन-एइटी’ विमान दुर्घटना हुँदा मृत्यु भएको सबै २२ जनाको शव भेटिएको छ ।
विमान आइतबार पोखराबाट जोमसोम जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको हो । बाँकी शवहरूलाई आधारस्थल कोबाङ ल्याएर त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरद्वारा आज काठमाडौँ ल्याएको हो । १० जनाको शव सोमबार नै काठमाडौं ल्याइएको थियो ।
