81
काठमाडौं। आइतबार बिहान जोमसोमका लागि पोखराबाट उडेको दुर्घटनाग्रस्त तारा एयरको विमानको ब्ल्याक बक्स भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसेरेमा आइतबार दुर्घटना भएको विमानको ब्ल्याक बक्स आज भेटिएको हो ।
उद्धारको लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले आज बक्स भेटाएको हो । ब्ल्याक बक्समा पाइलटले गरेका कुराकानीको रेकर्ड रहन्छ । अब हवाईजहाज दुर्घटनाको कारण पत्ता लगाउन सक्छ । विमानमा सवार २२ जनाकै शव फेला परेको छ ।
