स्थापना दिवसको अवसरमा नमस्ते नेपालद्वारा लुम्बिनीमा दिप प्रज्वनल

by समतल अनलाइन
Shares

बुटवल । नमस्ते नेपाल रुपन्देहीले आफ्नो ११ औ स्थापना दिवस बुद्ध जन्मभुमि लुम्बिनीमा दिप प्रज्वलन गरी मनाएको छ।

संस्थाका २२ जना सदस्यहरुको सहभागीता लुम्बिनी स्थित मायादेवि मन्दिर परिसरमा दिप प्रज्वलन गरेका हुन।

लुम्बिनी विकास कोषको समन्वयमा स्थापना दिवसको अवसर पारी मायादेवी मन्दिरमा दिप प्रज्वलन गरिएको संस्थाका अध्यक्ष अर्जुन खरेलले बताए ।

यस्तै पवित्र कार्यमा सहयोग गरेकोमा अध्यक्ष खरेलले लुम्बिनी विकास कोषलाई धन्यवाद ज्ञापन गरे ।

वि.सं २०६८ सालमा बाल क्लबका रुपमा स्थापना भएको उक्त संस्था वि.सं २०७४ सालमा नमस्ते नेपालको रुपमा दर्ता भई रुपन्देही लगाएतका विभिन्न जिल्लाहरूमा सामाजिक गतिविधिमा संगल्न हुँदै आएको छ ।

उक्त संस्थामा रुपन्देही जिल्ला लगाएत देशका विभिन्न जिल्लाहरूमा गरि जम्मा ३८० जना सक्रिय सदस्यहरु छन् ।

You may also like

This will close in 0 seconds