तिलोत्तमा-५ का वडाध्यक्ष रमेश डुम्रेद्वारा पदभार ग्रहण

by समतल अनलाइन
Shares

बुटवल । तिलाेत्तमा नगरपालिका वढा न ५ का वडाध्यक्ष रमेश डुम्रेले शुक्रबार एक कार्यक्रमका बीच पदभार ग्रहण गरेका छन् । डुम्रेसंग सदस्यहरु धर्मादेवि न्याैपाने,हरि पन्थ,प्रमिला सुनार र हिरा गिरिले समेत पदभार लिनुभएकाे छ।

 

पदभार लिएसंगै वडाध्यक्ष डुम्रेले अब वडाभित्रका सम्पूर्ण व्यक्तिगत घटना दर्ताका लागि वडावासी वडा कार्यालय धाउन नपरोस् भनी नागरिककाे घरदैलोबाट नै उक्त सुबिधा दिने बताउनु भयाे ।

 

त्यसैगरि डुम्रेले प्रतिबद्धता पत्रमा समावेश गरिएका विषयहरुलाई प्राथमिकताका अाधारमा कार्यान्वयन गर्दै जाने दाबी गर्नुभयो । कार्यालय पुग्दा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई वडा सचिव टीकाराम अर्याल लगायतका कर्मचारीले स्वागत गरेका थिए ।

You may also like

This will close in 0 seconds