328
			
		
		
			
            
				            
			
			        
    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार अधिकृत पराजुलीसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अध्यागमन अधिकृत मनहरी बराल, दिनेश केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, जगदिशचन्द्र नेपाली, विजय सापकोटा, शैलेन्द्र ढकाल, बिरसिङ्ग भण्डारी, पदमप्रसाद बजगाईं, कम्प्युटर अपरेटर रोशन गौतम र भोज प्रकाश न्यौपानेलाई प्रतिवादी बनाइएको छ।
उनीहरुले दुई सय ४८ जनालाई प्रस्थान अनुमति दिने क्रममा मिलेमतो गरेको आरोप अख्तियारको छ। उनीहरुले प्रतिव्यक्ति १० हजारका दरले हुन आउने २४ लाख ८० हजार बाँडीचुडि लिएको जनाइएको छ ।
 
			        

 
												 
														

