गुल्मीमा स्वास्थ्य चौंकि बनाउँन दाजुभाईले ७ लाख बराबरको जग्गा निशुल्क प्रदान

by समतल अनलाइन
Shares

गुल्मी । गुल्मीमा मनकारी दुई दाजुभाइहरुले आफ्नो गाउँमा स्वास्थ्य चांैकि निर्माण गर्नका लागि ५ रोपनी जग्गा निशुल्क रुपमा प्रदान गरेका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिका ७ अन्र्तगत रुपाकोट निवासी हाल युकेमा कार्यरत द्वय दाजुभाइ तारानाथ भण्डारी र मोतीराज भण्डारीले गाउँमा स्वास्थ्य चौकि निर्माणका लागि ७ लाख मुल्य बरावरको जग्गा निशुल्क रुपमा प्रदान गर्नु भएको हो ।

चन्द्रकोट गाउँपालिका अन्र्तगत रुपाकोटमा स्वास्थ्यचांैकि भवन निर्माणका लागि स्थानीय स्तरमा कसैले पनि निशुल्क रुपमा जग्गा प्रदान नगरेपछि भण्डारी दाजुभाइले ७ लाख लागतमा जग्गा किनेर गाउँपालीकालाई हस्तान्तरण गरेर उदाहरणीय कार्य गर्नु भएको चन्द्रकोट गाउँपालिका अध्यक्ष दोर्णबहादुर खत्रीले बताउनु भयो ।

उक्त गाउँमा स्वास्थ्यचौंकि निर्माणका लागि जग्गा र भवन नहुँदा यतिवेला वाध्यतावश वडा कार्यालय भवनको तल्लो तलामा स्वास्थ्यचांैकि र माथिल्लो तलामा वडा कार्यालय संचालन गर्नु परेको अध्यक्ष खत्रीले बताउनु भयो । उहाँले भण्डारी दाजुभाइको उदार हृदयले सामाजिक क्षेत्रमा गरेको सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दै अब स्वास्थ्यचांैकिको नाममा जग्गा प्राप्त भएपछि भवन निर्माणकालागि केन्द्रमा माग गरि अब चाँडै नै स्वास्थ्यचौकी भवन निर्माण हुने बताउनु भयो ।

स्वास्थ्य चौकिलाई निशुल्क रुपमा जग्गा प्रदान गर्ने मनकारी सामजसेवीहरुमा गुल्मी जिल्ला समाज युकेका सल्लाहकार मोतीराज भण्डारी र वर्तमान उपाध्यक्ष तारानाथ भण्डारी हुनुहुन्छ ।

विदेशमा वसेर खर्चिएको पसिनावाट कमाएको केही रकमलाई आफ्नो जन्मठाउँमा सामाजिक कार्यमा पनि खर्चिनुपर्र्छ भन्ने उद्देश्य अनुरुप आफुहरुले उक्त सहयोग गरेको जग्गादाता मोतीराज भण्डारीले बताउनु भयो ।
रुपाकोटमा स्वास्थ्य संस्थाको आफ्नै भवन नहुँदा त्यहाँ कार्यरत कर्मचारी र स्वास्थ्य परिक्षणका लागि आउने विरामीहरुले समेत लामो समयदेखि समस्या भोग्दै आईरहेका छन् ।

You may also like

This will close in 0 seconds