बुटवल-१३ : एमाले अध्यक्षको वडामा कांग्रेसका नारायण दाेस्राेपटक निर्वाचित

Shares

बुटवल । बुटवल उपमहानगरपालिका वार्ड न १३ मा नेपाली कांग्रेस बिजयी भएको छ । कांग्रेसका उम्मेदवार नारायण पुन (निर्मल) दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।


उनले एमालेका वडाध्यक्षका उम्मेदवार शोभाकर पोखरेललाई ८३ मतान्तरले पराजित गरे । यो वडा एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीको वडा समेत हो । यहाँ एमालेले जित्नका लागि ठूलै कसरत गरेपनि जित निकाल्न भने सकेन ।

बुटवलका १४, १८ र १९ मा एमालेले जित हासिल गरेको छ भने अन्य वडाहरुमा १ मा स्वतन्त्र र अरु सबैमा गठबन्धन बिजयी भएको छ ।

 

You may also like

skip


This will close in 5 seconds