197
			
		
		
			
            
				            
			
			        
    बुटवल। गृहमन्त्री बालकृष्ण खाँणले गृह जिल्ला रुपन्देहीमा निजी सवारी साधन प्रयोग गर्नुभएको छ । निर्वाचनमा राज्यसत्ताको दुरुपयोग भइरहेका बेला उहांले गृहजिल्ला आएका बेला निजी गाडी चढ्नुभएको हो ।
शुक्रबार निर्वाचनको तयारी र शान्ति सुरक्षाको अवस्था बुझ्न र आमसभाका लागि गृह जिल्ला रुपन्देही आउनुभएका गृहमन्त्री खाँणले निजी सवारी साधन प्रयोग गर्नुभएको हो ।
उहांले बा ११ च ९४९४ नम्बरको निजी सवारी साधन प्रयोग गरेको स्वकीय सचिव बिजेश न्यौपानेले जानकारी दिनुभयो ।
			        

												
														

