देवदह १० चरंगेका भएको घटनाप्रनि काँग्रेसको ध्यानाकर्षण, एमाले हारको मानसिकताबाट ग्रसित

Shares

हरिश ढकाल
बुटवल। देवदह १० चरंगेका भएको प्रचार सामाग्री र गाडीमाथि क्षति पुराएको भन्ने घटनाप्रनि नेपाली काँग्रेस देवदहको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा एमालेको प्रचार प्रसारमा हिडेको अटोरिक्सामा टाँगिएको ब्यानर, पोस्टर र झण्डामा काँग्रेसका कार्यकर्ताले क्षति पुराएको भन्दै गरिएको प्रचारबाजी भ्रामक षडयन्त्रपुर्ण भएको काँग्रेसले जनाएको छ ।

नेपाली काँग्रेस स्वच्छ र मित्रवत प्रतिष्पर्धामा बिश्वास गर्ने र प्रतिष्पर्धी वा बिपक्षीलाई सम्मान गर्ने पार्टी भएको स्मरण गराउदै नेकपा एमालेले आफ्नो कमजोर उपस्थितीलाई ढाकछोप गर्न र एमालेका कार्यकर्ताहरु स्थानिय निर्वाचनमा हारको मानसिकताबाट गुज्रेका कारण आफैले घटना घटाएर आफहरुलाई झुठा आरोप लगाएको भन्दै काँग्रेसले सो आरोपको खण्डन गरेको छ ।

घटनाका सम्बन्धमा नेपाली काँग्रेस देवदह १० का निवर्तमान वडाध्यक्ष तथा बर्तमान अध्यक्ष पदका उम्मेदवार एक बहादुर सुनारले संचारकर्मीसँग भने– यसरी अज्ञात समुहले गरेको कुनैपनि दलको प्रचार सामाग्रीमा क्षति पुराउने खालको अराजनैतिक क्रियाकलापप्रति नेपाली काँग्रेस घोर भ्रत्सना र दुःख ब्यक्त गर्दछ ।

यसरी रातीको समयमा अज्ञात समुहबाट भएको घटनाको स्वतन्त्र रुपले उचित छानविन नै नगरि नेपाली काँगे्रसमाथि लगाइएको आरोपप्रति देवदह काँग्रेसले खेद प्रकट गरेको पार्टीका नगर सभापति गुणाखर भुर्तेलले बताएका छन । सभापति भुर्तेलले भने– यो एमालेको षडयन्त्र र हारको मानसिकताको उपज हो, अर केही होईन, यिनिहरु प्रतिष्पर्धीलाई बदनाम गराउन आफ्नै घरमा आगो लगाउन बेर लगाउदैनन् ।

You may also like

skip


This will close in 5 seconds