सैनामैना वडा नं. ११ मा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश

by समतल अनलाइन
Shares

बुटवल। आसन्न स्थानीय तहको निर्वाचन आउन अब ११ दिन बाँकी छ । निर्वाचन नजिकिएसँगै दलहरुले घरदैलो अभियान सञ्चालन गरिरहेको छन् भने विभिन्न पार्टी परित्याग गरि पार्टीमा प्रवेश गर्नेहरुलाई पनि टिका खादासहित स्वागत गरेका छन् ।

जसअन्तर्गत सोमबार रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ११ मा रहेका चिसापानी टोल, राजापानी टोल र उत्तर बरौली टोलका गरि कूल ५१ जना एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतको विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा सोमबार उनीहरु प्रवेश गरेका हुन् । चिसापानी टोलबाट विशाल मल्ल, मौसम मल्ल, सुदिप घर्ती मगर, राजापानी टोलबाट हरिराम चौधरी, मनिराम थारु, दिनेश बोटे र उत्तरबरौलीबाट विकास श्रेष्ठ मान बहादुर पुन, निर्मला बुढा लगायत रहेका छन् ।

आज एक कार्यक्रमका बिच नेकपा एमाले रुपन्देहीका उपसचिव एवम् सैनामैना नगरपालिकाका प्रमुख पदका उम्मेदवार चित्र बहादुर कार्कीले टिका र खादासहित उनीहरुलाई स्वागत गर्नुभएको हो ।

पार्टीमा स्वागत गर्दै कार्कीले नेकपा एमाले देशकै गौरवशाली पार्टी भएकोले एमालेमा प्रवेश गर्नेको संख्या बढ्दै गएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला कमिटी क्षेत्र नं. ५ का सहसंयोजक कृष्ण प्रसाद घिमीरे, जिल्ला सल्लाहकार नन्दलाल वि.क, जिल्ला सदस्य टेक नारायण रेग्मी, अनेरास्वियु केन्द्रिय कमिटी सचिवालय सदस्य संगम अर्याल, युवा संघ नेपाल सैनामैना नगर कमिटीका अध्यक्ष गोपाल खड्का लगायतले बोलेका थिए । कार्यक्रम निर्वाचन परिचालन समितिका गुणखर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

You may also like

This will close in 0 seconds