आचारसंहिता उल्लंघन गर्ने तिलोत्तमाका मेयर घिमिरेविरुद्ध उजुरी

by समतल अनलाइन
Shares

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरे विरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ ।
एमाले तिलोत्तमा नगरको निर्वाचन परिचालन कमिटिको संयोजक रहेका घिमिरेले आइतबार उम्मेदवारसहितको पत्रकार सम्मेलनमा निर्वाचन आयोगलाई कारबाही गर्न चुनौती दिएका थिए ।
उनले आफुले जस्तासुकै निर्णय गर्न कसैले रोक्न नसक्ने भन्दै त्यसको विरुद्धमा समाचार नलेख्न र आफ्ना पक्षमा समाचार लेख्न पत्रकारलाई धम्कीपूर्ण आग्रह गरेका थिए ।
स्थानीय तहको निर्वाचन आचारसंहिता विपरित निर्वाचन परिचालन कमिटिको संयोजक रहेको र आयोगलाई नै धम्कीपूर्ण भाषामा चेतावनी दिएको भन्दै उनीविरुद्ध उजुरी परेको हो ।
उनीविरुद्ध तिलोत्तमा ११ निवासी प्रदीप थापाले घिमिरेलाई कारबाही गर्न माग गर्दै तत्काल पदबाट राजीनामा दिन माग गरेर तिलोत्तमास्थित निर्वाचन कार्यालयमा उजुरी दिएका हुन् ।
उनले उजुरीमा स्थानीय तहको निर्वाचनमा कुनै पनि सार्वजनिक पद, ओहदामा बसेको व्यक्ति या कर्मचारीले कुनै पनि राजनैतिक दल वा उम्मेदवारको प्रचारप्रसार गर्न नपाईने भन्ने कुरा निर्वाचन ऐन तथा निर्वाचन आचारसंहिता २०७८ को परिच्छेद ३को दफा ६ (ञ) विपरीत चुनाबी प्रचारमा हिडेकाले कारबाहीका लागि माग गरेका छन् ।
उनी जनताको काम छाडेर पदबाट राजीनामा नदिई एमालेका उम्मेदवारको चुनाबमा हिडेका थिए ।

You may also like

This will close in 0 seconds