76
काठमाडौं । नेपालमा केही समययता स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् । जसका कारण मेघगर्जन र चट्याङ्सहित क्षणिक तथा हल्का वर्षा हुँदै आएको छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । बाँकी भू-भागमा मौसम सामान्यता सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वागमती प्रदेश र प्रदेश-१ का पहाडी भू-भागका थोरै स्थानमा र गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यता सफा रहनेछ । गण्डकी प्रदेश र प्रदेश- १ को उच्च पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।