157
बुटवल । स्थानीयतह निर्वाचन अन्तर्गत बुटवल उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डेको मनोनयन दर्ता भएको
छ।
निर्वाचन कार्यालय पुगेरे सभापति पाण्डेले नगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
बुटवल स्थित बिपी चोकमा भेला भएका कांग्रेस कार्यकर्ताहरु अमरपथ, हाटबजारलाईन हुँदै नगरपालिकमा स्थापना गरिएको निर्वाचन कार्यालय पुगेको थियो । कांग्रेसको जुलुसमा उम्मेदवारी दर्ता गराउनेहरुको भिड बढ्दै गएको छ ।