138
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप तीन महिना पूरा भएपछि पुनः बुस्टर खोप लगाउने भएको छ ।
यसअघि पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई मात्र बुस्टर खोप लगाउने मिल्ने भएता पनि अबदेखि पूणर् मात्रा खोप लगाएको तीन महिना पूरा गरेकालाई बुस्टर खोप दिन थालिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।