बुटवल ११ को वार्ड अध्यक्षमा नेकपा एमाले मा ३ जना को नाम सिफारिस : चर्चामा युवा नेता नकुल शाही ठकुरी

by समतल अनलाइन
Shares

बुटवल । सरकारले स्थानीय तह निर्वाचनको मिति वैशाख ३० गतेको लागि तोकेको छ । अब टिकटका लागि नेताका ढोकामा लाइन लाग्न थालिसकेका छन् । वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको घोषणासंगै राजनीतिक दलले आफ्नो क्षेत्रमा कसरी जित हात पार्न सकिन्छ भनेर जोडघटाउ सुरु गर्न थालेका छन् ।

स्थानीय तहका उम्मेदवारका आकांक्षीहरुले बिभिन्न ढंगले सामाजिक सन्जाल मार्फत आफु पालिकाको नेतृत्व लिन चाहेको संकेत दिन थालेका छन्।कतिपय आकांंक्षीहरुले आफैले आगामी नेतृत्वका लागि तयार भएको संकेत सहित सामाजिक सञ्जालमा लेख्न थालेका छन भने कतिपयले आफु निकटस्थहरु मार्फत चर्चा चलाउन थालेका छन्।

सत्तागठबन्धनमा रहेका दलहरु निर्वाचनमा गठबन्धनबाटै अगाडि जान चाहेका छन् भने कांग्रेसका धेरै नेताहरु एकल ढंगले निर्वाचनमा गएपनि एमालेभन्दा बलियो रहने दाबी गर्दै आएका छन् । यसअघि धेरै पालिकामा एमालेले जित निकालेका कारण पनि कांग्रेसको एक समूहले उसलाई पछाडि पार्न गठबन्धनबाटै जानपर्ने तर्क गरिरहेका छन् ।

स्थानीय तहको निर्वाचन घोषण सँगसँगै जनताहरुको माझ एक चर्चा चल्न थालेको छ । देशकै भौगोलिक तथा जनसंख्याको ठुलो हिसाबले परिचित बुटवल उपमहानगरपालिका वार्ड न ११ को अध्यक्षमा अब को स्थानीय निकायको चुनावको अध्यक्षमा कस्ले मार्ला बाजि भने विषय निकै चर्चा छ ।

केही दिनअगाडि मात्र नेकपा एमालेको सम्पूर्ण वडाबाट नाम सिफारिस भएको छ यसै गरि वडा न ११ बाट पनि तीन जनाको नाम सिफारिस भएको थियो । जस मध्य राम चन्द्र क्षेत्री /नकुल शाही / राजेन्द्र ढकाल रहेका छन् ।

को हुन त राम चन्द्र क्षेत्री
२०७४ को निर्बाचन को अध्यक्ष हालसम्म अध्यक्ष रहेर काम गरेका सरल र इमानदारी सबै शीत मिल्न सक्ने नेता हुन कसैले गाली गरे पनि सहन सक्ने क्षमता भएका नेतामध्ये एक हुन् । उनी हाल नेकपा एमाले को जिल्ला सदस्य पनि हुन ।

दोस्रो उम्मेदवार हुन जनप्रतिनिधि नकुल शाही ठकुरी ।

नेकपा एमालेको राष्ट्रिय युवा संगठन का पुर्ब रुपन्देही जिल्ला अध्यक्ष र केन्द्रिय सदस्य, नेकपा एमाले बुटवल नगर कमिटी तीन पटक सचिवलय सदस्य समेत रहेका र नेकपा एमाले जिल्ला सदस्य एवम् रुपन्देही जिल्ला इन्चार्ज शाही रुपन्देही जिल्ला को युवा हरु माझ एकदम लोकप्रिय रहेका छन । युवाहरु कार्यकर्ता मात्र होइन वार्ड मा नि जनता को मन जितेका जनप्रतिनिधि पनि हुन ।युवाहरु कार्यकर्ता मात्र होइन वार्ड मा नि जनता को मन जितेका जनप्रतिनिधि पनि हुन ।आफू जनप्रतिनिधि वार्ड सद्स्य र पार्टी नगर कमिटी मा रहदा बुटवल ११ को इन्चार्ज रहेर काम गरेको र हाल नेकपा एमालेको जिल्ला कमिटी सद्स्य र युबा इन्चार्ज रहेर काम गरेको आधारले आफू अध्यक्ष हुन पर्ने दाबी गर्दै आएका छन । उनी बिकास निर्माणको काममा सक्रिय र बिकास निर्माण र जनतालाई दुख परेको बेला ज्यान दिन तयार जनप्रतिनिधि नकुल शाही सबै वार्ड बासिको मन मन मा छ्न ।

युवाहरु मनोबलको लागि आन्दोलन बाट राजनीति सुरु गरेका युवा नेता शाहि विभिन्न तहमा सक्रिय भएर काम गरेका छन् ।कोरना कोभिड १९ को बेला जनताको घर घर दैलोमा दिन रात नभनी कुदेका शाही हरेक जनताको र हरेक राजनिती दल र कार्यकर्ता देखि सर्बसाधारण समेतका मन जितेका छ्न । कोरना कोभिड १९ देखि डेल्ता कोरनामा अक्सिजन नपाउने हस्पिटलमा बेड नपाउने होस्पिटल समेत लैजान गाडी समेत नपाउदा आफै डाक्टर शीत कुरा गर्ने राती १२/१ बजे भए पनि होस्पितल पुगेर बिरामीलाई भेट्ने र होस्पितलमा भर्ना लिने ब्यवस्था मिलाउने र बेड नभए अर्को कोरना होस्पितलमा लगेर भए पनि बेड ब्यवस्था गरि ज्यान बचाएका थिए ।
सबैको दुखमा साथ दिदै कोरनाको खतरा टरे पछि लाजले अन्य जनप्रतिनिधिहरु लागे जस्तो गरे तर जुन बेला जनतालाई दुख पर्दा जनप्रतिनिधि देखि राजनीति दलहरु समेत लुके मोबाइल अफ गरेर सुतेर बसे अलि अलि खतरा मुक्त भय पछि राहत बाड्ने काममा जनप्रतिनिधि र राजनीति दलहरु लागेकै थिए ।शाहीलाई कोरना कहिले लागेन ४ पटक कोरना चेक गर्दा समेत कोरना देखिएको थिएन । जनताको दुखमा को कति जिम्मेवार भएर लाग्दो रैछ भन्ने प्रष्ट जनताले नै चिन्ने अवसर पाएका थिए । अक्सिजन समेत नपाएर मृत्युको मुख मा रहेका लाई समेत आफै घर घरमा अक्सिजन पुराउने गएका थिए ।कोराना कोभिडमा दिनमा ५जनाबसम्म लास उठाएको शाहीले धेरैको ज्यान समेत बचाए आफै पिपि लगायर दुई दिन सम्म नेपाल आर्मी ले न उठाएको शब उठाएर शब बाहानमा हालेका भिडियोहरु र शब हात्ती गाडी ,ट्रेक्टर, इ रिक्सा मा समेत लगेर जलाउने गाड्ने गरेका थिए उनको भिडियो अरु ब्याक्तीहरुले टिकटक समेत बनाएर हालेका विभिन्न सामाजिक संजाल मा देखिएको थियो ।

भूगोल मा खटिएका शाही सबै बुढा पाका देखि बच्चाले समेत चिन्छन एउटा युबा जोसका भएका र बिकासको भिजन भएका शाही भौगोलिक हिसाबले पिछाडिको तिनाउ दानव नदि बिचको भाग २० वटा टोल कमिटी संस्था रहेका एक जनप्रतिनिधि समाज सेबि हुन अहिले ६० वटा टोल रहेको वार्डमा उनलाई सबै टोल अध्यक्ष लगायत अधिकान्स भोटर ले समेत चिन्ने साही कोराना कोभिडमा कुनै जनप्रतिनिधि पार्टीका नेताहरु लुकेर बस्दा उनी घर घर मा औसधि र लकडाउन पाल्ना गर्नु पर्छ भनेर टोल
टोलमा खटिएका थिए धेरै लाई उर्जा दिएका थिए त्यस पछि मात्र अरु खतरा मुक्त भय पछि अरु औसधि बाड्ने हिनेको विभिन्न सामाजिक संजालमा देखिएको थियो ।
बुटवल ११ अव्यवस्थित बसोबास क्षेत्र भएकै कारण सबै भन्दा धेरै राहत जनप्रतिनिधि र राजनिती दलहरु मिलेर बाडेका थिए ।

तेस्रो उम्मेदवार हुन् राजेन्द्र ढकाल

नेकपा एमाले को रुपन्देही जिल्ला सदस्य र बुटवल ११ का इन्चार्ज हुन उनी पार्टीमा इन्चार्ज भएर काम गरेको र पार्टीमा निरन्तर लागेको र पार्टी कमिटी आफुले बनाउदै हिडेको र वार्डको इन्चार्ज सिनियए्रटिको आधारमा पाउन पर्ने दाबी गरेका छन ।

तीनैजना उम्मेदवार आफूले जित्न सक्ने दाबी पेश गरिराख्दा नेकपा एमालेलाई छनोट गर्न मुस्किल परिरहेको छ ।

यता भने नेपाली कांग्रेसले वार्ड अध्यक्ष मा आफ्नो उम्मेदवारको नाम घोषणा गरिसकेको छ । केही महिना अगाडि मात्र नेकपा एमाले संग असन्तुष्ट रहेर नेपाली कांग्रेसमा ४०० जना प्रवेश गराएको भनेर चर्चा चलायका बुटवलउपमहानगरपालिका वार्ड न ११ नेपाली कांग्रेसका सभापति जित बहादुर मल्ल विभिन्न संघसंगठनमा नेतृत्व गर्दै जनता को हरेक सुखदुःख पुग्ने सहयोग गर्ने नेपाली कांग्रेसबाट वार्ड अध्यक्ष को उम्मेदवार घोषण गरिसकेको र बलियो दाबेदार रहेको नेपाली कांग्रेसका एक नेता बताउँछन ।

सबै उम्मेदवारले आफुलाई जित्ने आधार पेशा गर्दा सबै भन्दा जित्ने बलियो आधार नेकपा एमाले र काङ्ग्रेसले तिनाउ खोलाको पुर्बबाट उम्मेदवार उठाउदा यताको मत बिभाजन हुने र खोला पारी तिनाउ पश्चिम्को २० वटा टोलको मत जस्ले बढी ल्याउन सके उसैले बाजि मार्ने एक नेपाली कांग्रेस का युवा नेता बताउछन ।

तिनाउ पश्चिम् बाट नकुल शाहीलाई अध्यक्ष दिए कसैले मत तान्न नसक्ने नेपाली काङ्ग्रेस माओबादी नेकपा एमाले सबैको मत ल्याउन सक्ने एकमात्र उम्मेदवार भयको स्थानीयहरु बताउछ्न स्थानीय निर्बाचनमा उम्मेदवार हेर्ने भएको ले बुटवल ११ का काङ्ग्रेसका अध्यक्ष जीत बहादुर मल्ल नेकपा एमालेको दुई दुई पतरटक अध्यक्ष भयर नगर उपाध्यक्ष समेत रहेका र उन्ले प्रगति नगरर्को बिधुत सहकारीको १४८१ घर धुरी रहेको संस्था निर्बाचन बाटनै अध्यक्ष भए नकुल शाहीलाई बाहेक अरुलाइ टिकट दिए सजिलै जित्ने बुटवल ११ बुद्धनगर बस्ने एक बृद्ध बताउँछन् ।

बुद्धनगर मजुवा सृजनानगर तिलोत्तमा यो कर्णाली प्रर्देश जस्तो भएकाले यो पाली अध्यक्ष पुल वारिको ले पाउनुपर्ने र यति पुलवारी पाएमा नेपाली कांग्रेस नेकपा माओवादी र समाजवादी हामी सम्पूर्ण कार्यकर्ताले पुल वारिको बलियो दाबेदार नकुल शाही ठकुरीलाई नै मतदान गर्ने एक नेकपा समाजवादी का नेता बताउछन ।

उनले नकुल शाही ठकुरीले टिकट पाए मा आफु संग सङै करिब २०० जना नेकपा एमालेमा प्रवेश गर्ने बताए ।

अंकमा धेरै फरक त नहोला तर जित बहादुर सङौ गएका कार्यकर्ताले एमालेलाई हराउन सहयोग गर्न सक्छन्, यसमा गहिरो अध्ययन आवश्यक छ, थोरै मतले निर्वाचन हार्न सकिने हुनसक्छ’, नकुल शाहीको मामा भए को कारण र उनी शीत नेकपा एमालेको धेरै कार्यकर्ता टोल अध्यक्ष स्कुल का अध्यक्ष लगायत धेरै एमाले देखि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छ तहि आधारमा जित बहादुर ले जित्न सक्ने दाबी पेश गरेका छ्न । अब पार्टीले सहि निर्णय गर्नु पर्छ उपयुक्त उम्मेदवार छनोट गर्नु पर्छ नकुल शाहीलाई टिकट दिदा सजिलै सङ जित्न सकिने छन ।नेकपा एमालेको उम्मेदवार पार्टीले उपयुक्त उम्मेदवार नपठाए बुटवल ११ मा खतरामा पर्छ एक नेता बताउछन ।
उनिले नेकपा एमालेको केही नेताहरु नकुल शाहीलाई टिकट नभैइ हामिलाइ दिनु पर्छ भन्दै र पार्टीले टिकट मलाई पक्का भयो भन्दै हिडेको पनि बताए ।

२०७४ सालको निर्बाचनमा नेपाली काङ्ग्रेसले १९०० मत ल्याउदा नकुल शाहीले ४६०० मत ल्यायका थिए अध्यक्ष र अरु सद्स्य जनप्रतिनिधि निधि भन्दा २०० मत बढी ल्यायका थिए । शाही त्यो बेलामा आफ्नो पार्टीका घेरा बन्दिमा परेका थिए जस्ले ४ जना सद्स्य जित्ने र शाही हार्ने रिपोर्ट सम्म भित्र भित्र आन्तरिक गलत प्रचारप्रसार अवस्थालाई चिर्दै शाहीले भारी मत ल्याइ अरुलाई नै समेत चकित पारेका थिए पार्टीले लोक प्रिय् र जनभवाना को ख्याल गरि परिचित व्यक्त र सुखदुःख मा साथ दिने लाई टिकट दिनु पर्ने टोल अध्यक्ष बताउछन ।

You may also like

This will close in 0 seconds