नागढुंगा–नौबीसे सुरुङमार्गको आज शिलान्यास हुदै

by समतल अनलाइन
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको मुख्य नाकाका रूपमा रहेको नागढुंगा–नौबीसे सडक खण्डमा बन्न लागेको सुरुङमार्गको आज सोमबार शिलान्यास हुँदै छ।

बहुप्रतीक्षित आयोजनाका रूपमा लिइएको सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने नागढुंगा सुरुङमार्ग निर्माण परियोजनाले जनाएको छ ।

जापान सरकारको ऋण सहायतामा बन्न लागेको सो सुरुङमार्गका लागि गत असोज ६ मा जापानको ‘हाज्मा अन्डो कर्पोरेसन’सँग ठेक्का सम्झौता भइसकेको छ।सम्झौताअनुसार साढे तीन वर्षभित्र निर्माण सम्पन्न भइसक्नुपर्नेछ ।

१३ अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको सो सुरुङ मार्गको लम्बाइ २ दशमलव ६७ किलोमिटर रहेको छ । यस सुरुङ मार्ग निर्माणपछि नागढुंगा–नौबीसेमा देखिएको सवारी जाम न्यूनीकरण हुने विस्वास गरिएको छ ।

You may also like

This will close in 0 seconds