लायन्स बुटवल खस्यौलीद्धारा सियारीस्थित सिद्ध अधारभुत विद्यालयमा झोला तथा माक्स बितरण

by समतल अनलाइन
Shares

बुटवल । लायन्स क्लव अफ बुटवल खस्यौलीले रुपन्देहीेको सियारी गाउपालीकामा अवस्थित सिद्ध आधारभुत विद्यालयमा अध्ययन गर्ने बालबालीकालाई विद्यालय झोला बितरण गरेको छ । क्लवले सो अवसरमा विद्यालयमा मास्क बैक समेत स्थापना गरेको छ ।
नयाँ बर्षको अवसर पारेर सो विद्यालयमा अध्ययन गर्ने बालबालीकाहरुको लागी भविष्य बोक्ने झोला बितरण तथा कोरोनाको जोखिमबाट बालबालीकाहरु सुरक्षित रहन सकुने भन्दै विद्यालयमा मास्क बैक स्थापना गरिएको कार्यक्रम संयोजक बैकुण्ठ अधिकारीले जानकारी दिए ।
लायन्स क्लव अफ बुटवल खस्यौलीका अध्यक्ष बिष्णु प्रसाद उपाध्यायको अध्यक्षतामा भएको भविष्य बोक्ने झोला बितरण तथा मास्क बैक स्थापना कार्यक्रममा क्लवले विद्यालयमा अध्ययन गर्ने ४५ जना बिपन्न बालबालीकालाई भाmेला वितरण गर्नुका साथै विद्यालयलाई ३५०० थान मास्क प्रदान गरेको छ । युनिसेफ नेपाल र नेपााल स्काउट लुम्बिनी प्रदेशको सहयोगमा कोभिड १९ संक्रमण रोकथामका लागी मास्क सुनिश्चितता अभियान अन्र्तगत विद्यालयमा मास्क बैकको समेत स्थापना गरिएको अध्यक्ष उपाध्यायले बताए ।
लायन्स जिल्ला ३२५ बी २ का रिजन ४५ का च्यरपर्सन गोपाल प्रसाद पाण्डेको प्रमुख आतिथ्यता, सिरायी गाउँपालीका वडा नम्बर ५ का वडा अध्यक्ष थमन बहादुर पौडेलको विशिष्ट आतिथ्यतामाम भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लक्ष्मण पोख्रेल, लक्ष्मण भट्टराई, प्रेम पन्थी, विद्यालयका प्रधानाध्यापक राम अचल यादव लगायतले बोलेका थिए । कार्यक्रम संयोजक बैकुण्ठ अधिकारीको स्वागत र सचिव बिकास गौतमको संचालनमा कार्यक्रम भएको थियो ।

You may also like

This will close in 0 seconds