बुटवल उवासंघमा क्यालेण्डर विमोचन ः खर्चमा मितव्ययी बन्न मन्त्री घर्तीको आग्रह

by समतल अनलाइन
Shares

बुटवल ।लुम्बिनी प्रदेशकी कानुन, महिला, वालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले मुलुकको अर्थतन्त्र जटिल मोडमा पुगेको बताउँदै खर्चमा मितव्ययी बन्न आग्रह गर्नुभएको छ । शुक्रबार बुटवल उद्योग वाणिज्य संघले प्रकाशन गरेको नयाँ वर्षको क्यालेण्डर विमोचन तथा महिला उद्यमी उत्प्ररणा कार्यक्रममा बोल्दै मत्री घर्तीले निर्यातजन्य तथा आयात प्रतिस्थापन गर्ने उत्पादनमा लाग्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो ।

मुलुकको अर्थतन्त्रको मेरुदण्ड उद्योग प्रतिष्ठान भएको बताउँदै मुलुकको अर्थतन्त्र जोगाउनको लागि अहिले उद्योगी व्यवसायीको काधमा ठूलो जिम्मेवारी रहेको पनि उहाँको भनाई छ ।

त्यस अवसरमा श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनीकी उपसचिव तारा ज्ञवालीले उद्यमशिलता र श्रमको क्षेत्रलाई कसरी मजबुद बनाउन सकिन्छ सरकार र निजी क्षेत्रले गम्भिर भएर सोंच्नुपर्ने वेला आएको भनाई राख्नुभयो । उहाँले मन्त्रालयले चालु आर्थिक वर्षमा प्रदेशका ४६ पालिकामा सीपमुलक तालिम कार्यक्रम सञ्चालन गरिएको आगामी आर्थिक वर्षमा सबै पालिकामा सीपमुलक तालिम कार्यक्रम सञ्चालनको तयारी गरिएको जानकारी गराउनु भयो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघले स्थापनाकालदेखि हालसम्म गरेका गतिबिधिको बारेमा जानकारी गराउनु भएको थियो । उहाँका अनुसार २०१० सालमा स्थापित बुटवल उद्योग वाणिज्य संघले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा लगानी सहितको नेतृत्वदायी भूमिका खेल्दै आएको छ । मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा बोकेको निजी क्षेत्रको लागि सरकारले लगानीमैत्री वातावरण बनाईदिन आग्रह गर्नुभयो ।

त्यस अवसरमा मीस नेपाल २०१९ की सेकेन्ड रनरअफ स्नहलता राउत थापाले मोटिभेसनल स्पिच राख्नुभएको थियो । उहाँले मानिस सफल हुनको लागि सबैभन्दा पहिला आफैमा आत्मविश्वास अपरिहार्य रहेको बताउनु भयो । संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवादमा भएको कार्यक्रम कार्यसमिति सदस्य जमुना पौडलको सञ्चालनमा भएको थियो ।

You may also like

This will close in 0 seconds